जिल्लाको बडीमालिका नगरपालिका–७ ढम्कनेमा गाई वस्तुलाई घाँस काट्न गएका बेला शनिवार बिहान रुखबाट खसेर एक युवाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ढम्कनेकै ४२ वर्षीय देवबहादुर धामी रहेको वडा सदस्य लोकेन्द्र रोकायाले बताए ।

रोकायाका अनुसार गाउँनजिकै रहेको कालाजग्रा सामुदायिक वनमा घाँस काट्न गएका बेला शनिवार बिहान ८ बजे रुखबाट खसेर धामीको घटनास्थलमै मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय