दार्चुला ।  कुटपिटबाट मृत्यु भएका पुरुषको पहिचान खुलेको छ। मृत्यु हुनेमा नेपालगन्ज उप–महानगरपालिका–१९ का ३० वर्षीय देव परियार रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

उनलाइ सदरमुकाम खलंगास्थित बसपार्क नजिक रहेको पिपलबोट नजिक निर्घात कुटपिट भएर अचेत अवस्थामा शनिवार राती प्रहरीको गस्ती टोलिले भेट्टाएको थियो। उनको टाउको तथा शरीरभर घाउ रहेको  थिए। प्रहरीले उद्दार गरेर उपचारका लागि रातिनै जिल्ला अस्पताल दार्चुला पुगाएको थियो । उनको उपचारको क्रममा आइतबार बिहान ९:४० मा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

परियारमाथि कुटपिट गर्नेको पहिचान नखुलेको र घटनाबारे अनुसन्धान सुरु भैसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक  एवम सूचना अधिकारी जगत गाहामगरले बताए।

प्रहरीका अनुसार सोधपुछका लागि चार जना नियन्त्रणमा लिएका छन। मृतक परियार मजदुरीका लागि केही दिन अघि खलंगा आएका थिए। खलंगाको एक होटेलमा नेपालगञ्जबाटै आएका अन्य चार जनासँग बस्दै आएका थिए। होटलमा खाना खाएर सँगै सुत्न गएको खुलेको छ ।  घटना बारे थप अनुसन्धानका लागि प्रहरीले होटलको सीसीटीभी फुटेजको निगरानीलाई अघि बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय