दार्चुला । जिल्ला कारागार दार्चुलामा ४ महिनाको नवजात शिशु बस्ने गरेको पाइएको छ । बहुविबाह अभियोगमा कारागारमा रहेकी एक महिलाले ४ महिना अगाडी नवजात शिशुलाई जिल्ला अस्पताल दार्चुलामा जन्म दिएपछि अहिले नवजात शिशु आमा जिल्ला कारागार दार्चुलामा बस्दै आएको जिल्ला कारागार दार्चुलाका जेलर रामराज पन्तले जानकारी दिनु भएको छ ।
जिल्ला दार्चुला नाम परिवर्तन गरीकी य कुमारी महिलाले शिशुलाई गत फागुन ११ गते जिल्ला अस्पताल दार्चुलामा जन्मदिएको बताइएको छ । १ वर्ष कैद सजाय भोगिरहेकी ति महिलाले (छोरी ) शिशुलाई जन्म दिएको बताइएको छ । सुत्केरी महिलालाई ९८ दिन सम्म कारागार दार्चुलाले जमानीमा छोडेको थियो । ९८ दिन पुरा गरेपछि उतm महिला र उनकी नवजात शिशु यहि जेठ २१ गते पुन: कारागार दार्चुलामा हाजिर भएको कारागार दार्चुलाले जनाएको छ ।
कारागार ऐन २०७९ को दफा ३७ मा भएको व्यवस्था अनुसार उनलाई ९८ दिन सम्म घरमै बस्न दिने व्यवस्था अनुसार महिला र नवजात शिशुलाइ जमानीमा घरमा बस्न दिएको कारागार दार्चुलाले जनाएको छ । अहिले कारागारमा रहेकी महिला र शिशु दुवैको स्वास्थ्या अवस्था सामान्य रहेको कारागार दार्चुलाले जनाएको छ ।
जिल्ला कारागार दार्चुलामा अहिले ४९ जनाकैदी ,तथा ९ जना थुनुवा, रहेका छन । यि मध्ये पुरुष कैदी ४८ जना ,पुरुष थुनुवा ८ जना, महिला कैदी १ जना, तथा महिला थुनुवा १ गरी जम्मा ५८ जना कैदीबन्दीहरु रहेको कारागार दार्चुलाले जनाएको छ ।
