दार्चुला असोज ०९ । दुहुँका युवा ब्यापारी सुरेन्द्र सिह बडालले गत भदौ १३ गते राति आएको विनाशकारी बाढी पहिरोले विस्थापित,पिडितहरुका लागि नगद रकम सहयोग गरका छन । गाउँ पालिकाको स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा बडालले ५ हजार ५ सय रुपैया जम्मा गर्नु भएको छ । दुःखको यस घडीमा सानै भएपनि पिडितहरुको चर्केको घाउँमा मलम लगाउने प्रयास गरेको बडालले वताए । विपद्को वेला सहयोग गरेको भन्दै गाउँपालिकाले युवा ब्यापारी बडाललाई धन्यवाद दिएको छ ।