दार्चुला । चेक बाउन्स गरि ठगी गरेको आरोपमा वडाअध्यक्ष पक्राउ परेका छन्। प्रकाउ पर्नेमा जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कृष्णसिंह धामी कैलालीबाट पक्राउ परेका छन । उनी २०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका हुन्न ।

उनले आफ्नै नाममा रहेको ग्लोबल आइएमई बैंकको ३० लाखको चेक कैलाली बस्ने टेक कुँवरलाई दिएका थिए। तर, उक्त खातामा रकम नै नभएको थाहा पाएपछि कुँवरले प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीपछि धामीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले जानकारी दिए ।

वडाअध्यक्ष धामीलाई उच्च अदालत दिपायलको अनुमतिमा गत चैत ७ गते पक्राउ गरिएको थियो। तर, उनलाई हाजिर जमानीमा छाडिएको थियो।

त्यसपछि पुनः अदालतले पक्राउ गर्न आदेश दिएपछि धामीलाई यसै जेठ २५ गते पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ। उनलाई मालाखेती, अत्तरियाको थुनामै राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय