दार्चुला  । जिल्लाको लेकम गाउँपालिकको केन्द्र रातामाटामा पहिलोपटक मिनि ट्रक पुगेको छ। आज विहान से १ ख १६४५ नम्बर को मिनि ट्रक १० बजे पालिका को केन्द्र मा पुगेकाे स्थानिय तुलाधर जोशीले बताए ।

साना गाडी मात्रै गुडने गाेकुलेश्वर रिठाचौपाता सडक खण्ड हुदै साे ट्रक पालिका काे केन्द रातामाटामा पुगेकाे हाे । पालिका सम्म ट्रक पुग्दा समान ढुवानि गर्न सहज हुने भन्दै स्थानिय खुशि भएका छन ।

गत वर्ष मात्रै पहिलो पटक पालिका काे केन्द्रमा सडकको ट्रयाक पुगेको थियो। आजसम्म उक्त सडकमा जीप र ट्याक्टर मात्रै चल्ने गरेको भएपनि आज मिनि ट्रक पुगेको गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुबेदीले बताए ।

बिज्ञापन


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय