दार्चुला । अपि हिमाल गाउँ पालिकाको औद्योगिक भ्रमण कार्यक्रम सम्पन्न भएको छ । आर्थिक बर्ष २०७९/०८० बार्सिक स्वीकृत कार्यक्रम अन्तरगत गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गाउँपालिका भरिका विभिन्न सीपमूलक लघु उद्यमी महिलाहरुलाई सुदूरपश्चिमको डोटी, अछाम र बैतडी जिल्लाहरूमा रहेका लघु उद्योगहरुको( ३ दिने) औद्योगिक भ्रमण गराएको हो ।

औद्योगिक भ्रमणमा गाउँपालिका भरीका १६ जना महिलाहरूको सहभागीता रहेको अपि हिमाल सहकर्मी भकत सिह धामीले जानकारी दिए ।
भ्रमण टोलिले बैतडीको सतबाजमा रहेको सुख्खा फलफूल बिकास, अछाममा रहेको सिलाई बुनाइ सम्बन्धि होजियारी र दिदी बहिनी जैविक प्याड उद्योग लगायतको अवलोकन गर्नु भएको उद्यम विकास सहज कर्ता धर्मेन्द्र भट्टले जानकारी दिए ।
भ्रमणबाट धेरै कुरा थाहा पाएको भन्दै भ्रमणबाट सिकेका देखेका कुराहरू ब्यवहारमा उतार्ने भ्रमणमा सहभागी तारा बोहराले बताए ।
