दार्चुला । जिल्लाकाे शैल्यशिखर नगरपालिका  वडा नं ०७ मा रहेकाे बसन्ते दाेबाटा  लिप्टङ खानेपानी  पुन सुचारू भएकाे छ । जेठ पहिलाे साता साेलार सिस्टममा चट्याङले छती पुर्याएपछि खानेपानि बन्द रहेकाे थियाे । समितिले खानेपानीको समस्या समाधानको लागि स्थानीय र पर्देश सरकारलाई गुहारेपनि बजेट नपाएपछि स्थानीय उपभोक्ताले रकम जुटाएकाे र जनश्रमदानबाट खानेपानि सुचारु गरिएकाे उपभोक्ता समिति अध्यक्ष राम सिहँ खत्रिले बताए ।

साे खानेपानी बाट 30/32 घरधुरि लाम्भाम्बित रहेका छन । महिनै सम्म खानेपानि बन्द हुदा स्थानीय हरुले पुरानाे लिप्टिङ खानेपानि काशिपुर छेला बजारमा पालाे पर्खिनुपर्ने र एक घन्टा लामाे दुरीबाट पानिकाे जाेखाे गर्नुपर्ने वाध्यता रहेकाे शिक्षक माेहन सिहँ खत्रिले बताउनुभयाे ।

पुरानाे खानेपानिमा पनि साेलार सिस्टम काे क्षमता घटेकाे हुदा पानी कम तान्दा समस्या भएकाे उपभोक्ता समिति अध्यक्ष गाेबि मिश्रले बताउनुभयाे । दुबै खानेपानी मा उपयुक्त बजेट बिनियाेजन गरि साे समस्या हल गरिदिन स्थानीयले माग गरेका छन ।

बिज्ञापन


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय