दार्चुला । सुदुरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले उत्कृष्ट उद्यमीलाई सम्मानित गरेको छ ।
मंगलबार आज कैलालीको धनगढीमा प्रदेशमा रहेका ९ ओटै जिल्लाका उत्कृष्ट उद्यमीलाई सम्मानित गरेको सामाजिक विकास मन्त्रालयका सुचना अधिकारी  भुवन जोशीले जानकारी दिए ।
त्यसैक्रममा दार्चुलाबाट  युवा उद्यमी  राजेशसिंह नेपालीलाई  सुदुरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले सम्मान गरेको छ  ।
स्वदेशमै श्रम तथा स्वरोजगागरको माध्यमबाट उद्यमशिलताको प्रवद्र्धनमा खेलेको भुमिकाको उच्च मुल्याकंन गर्दै दार्चुलाबाट राजेशसिह नेपालीलाई नगद ५० हजार सहित सम्मानित गरिएको मन्त्रालयका सुचना अधिकारी जोशीले बताए ।
सामाजिक विकास मन्त्री झपड बहादुर साँउदले सम्मानपत्र सहित नगद हस्तान्तरण गरेको हो ।
सुदुरपश्चिम प्रदेशमा रहेका ९ जिल्लाका ११ उद्यमीलाई सम्मानित गरेको हो । दार्चुलाबाट एम जना  मात्रै सम्मानित भएको उनले बताए ।
सम्मानित भएका राजेशसिह नेपालीले राजेश सिलाई सेन्टरबाट युवाहरुलाई प्रशिक्षण गर्नूका साथै जिल्लामै स्वरोजगारीको सृजना गरेका छन् । प्रदेश सरकारले आफ्नो व्यवसायको मूल्याकंन गर्दै सम्मान गरेपछि आफुलाई थप हौसला बढेको नेपालीको प्रतिक्रिया रहेको छ । आगामी दिनमा जिल्लामा थप उद्यमी उत्पादन गरी गाउँघरमै रोजगारी सृजना गर्न लागिपर्ने उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय