दार्चुला । पुलम बाट जाम र टमाटर बाट सस बनाउने ७ दिने तालिम सम्पन्न भएको छ । अपिहिमाल गाउँपालिका उधाेग बिकास शाखाकाे आयाेजनामामा संचालन गरिएको तालीम बिहिवार सम्पन्न भएको उधम बिकास सहजकर्ता छाया कुमारी धामीले जानकारी दिए ।
गरिबी निबारणका लागि लघु उधम बिकास कार्यक्रम अन्तरगत संचालित तालिमबाट आधी किलोग्रामका २ सय डिब्बाहरु उत्पादन गरिएको छ । प्रती डिब्बाको मुल्य २ सय देखि २ सय ५० निर्धारण गरिने सहजकर्ता धामीले बताए । वडा नम्बर ४ का वडा अध्यक्ष रबिन्द्र सिह बाेहराको अध्यक्षतामा तालीम सम्पन्न भएको अपि हिमाल सहकर्मी भकत सिह धामीले जानकारी दिए । तालिममा वडा नम्बर ४ का १२ जना महिलाहरु सहभागी रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय