दार्चुला । जिल्लाको नौगाड गाउँपालिका –१ रङरङेका ५२ वर्षिय मानबहादुर बम मृत अवस्थामा फेला परेका हुन् ।
गत ८ गते घरबाट सदरमुकाम खलंगा जान भनेर हिँडेका उनी सम्पर्क बिहीन थिए । खोज्दै जाने क्रममा सोमबार साझ नौगाड –२ खलपुजा धारमा बाटोबाट अन्दाजी ७० मिटर तल खसेर मृत्यु भएको अवस्थामा उनि भेटिएका मृतकका भाई लालबहादुर बमले बताए ।
घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
