सम्झनामा सधैँ आउँछौ नसम्झेको क्षण छैन

आँखामा छ तिम्रो माया हराएको हैन  

 

म जहाँ भए पनि सम्झना त रोकिँदैन

निदाउन खोजेको छु निद्रा किन लाग्दैन

सम्झिराखेको छु तिम्रै सम्झनामा बसेको छु

तिमि मेरो साथमा छौ म रमाएको छु

 

जस्तो परिस्थिति आए पनि  बिर्सन सकिँदैन

सम्झनामा सधैँ आउँछौ नसम्झेको क्षण छैन

मायाको वर्षा गराएर आउँ तिमि  मन रमाउँछ

तिमिले के सोचेकी छौ सबै कुरा मलाई थाहा हुन्छ

 

वसन्तले प्रकृतिमा फेर्‍यो नयाँ रङ्ग

दिलमा आइरहेको छ मायाको तरङ्ग

सम्झनामा राख दिनहरू जीवनमा केही गर्नु छ

तिम्रो साथमा मेरो मन रमाएको हुन्छ 

नाम -गोबिन्द राज ओझा (राजन)

ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय