दार्चुला । जिल्लाको अपिहिमाल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा अध्यक्ष संग बालबालिका बिशेष कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार खण्डेश्वरी माध्यामिक बिधालय क्षेत्तीको विद्यालय प्राङ्गणमा विविध कार्यक्रमका बिच कार्यक्रम सम्पन्न भएको अपिहिमाल सहकर्मी भकत सिह धामिले जानकारी दिए । अपिहिमाल गाउँपालिका भित्र आधारभूत तह ( कक्षा ६-८) र माध्यमिक तह ( कक्षा ९-१० देखि १२) सम्म संचालित सम्पूर्ण विद्यालयहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा आधारभूत तह (कक्षा ६-८) स्तरीय निबन्ध लेखन प्रतियोगिता, माध्यमिक तह ( कक्षा ९-१०) स्तरीय वक्तित्वकला प्रतियोगिता र अन्तर विद्यालय स्तरीय एक विद्यालय एक सिर्जनात्मक कार्य प्रतियोगिता र अध्यक्ष संग अन्तरक्रिया कार्यक्रम संचालन गरिएको थियो ।
उक्त प्रतियोगितामा प्रथम ,दितिय, तृर्तीय र सान्त्वना स्थान ल्याउन सफल सम्पुर्ण विद्यालय र विद्यार्थीहरु निम्न तल छन ।
निबन्ध_लेखन_प्रतियोगिता
प्रथम- निरभ सिंह ठेकरे बोहरा (श्री खण्डेश्वरी मा.वि. क्षेत्ती)
द्दितीय – सुशीला टमटा (श्री सरस्वती आ.वि. मरखोला)
तृतीय – आरती ठगुन्ना (श्री भवानी मा.वि. साैगन्ना)
सान्त्वना -मिलन धामी ( श्री छिपुल केदार मा.वि.धंकं)
वक्तित्वकला_प्रतियोगिता
प्रथम- सिदार्थ ठगुन्ना (श्री भवानी मा. वि. साैगन्ना)
द्दितीय- अस्मिता ठगुन्ना (श्री खण्डेश्वरी मा. वि. क्षेत्ती)
तृतीय – मन्जु ठगुन्ना (श्री भवानी मा.वि.साैगन्ना)
सान्त्वना -महेन्द्र ठगुन्ना (श्री खण्डेश्वरी मा.वि.क्षेत्ती)
एक_विद्यालय_एक_सिर्जनात्मक_कार्य
प्रथम – श्री खण्डेश्वरी मा. वि. क्षेत्ती
द्दितीय- श्री भवानी मा. वि.साैगन्ना
तृतीय-श्री सरस्वती आ.वि. मरखोला
सान्त्वना -श्री तामाखानी भगवती आ.वि.चाैबिसन
