दार्चुला । जिल्ला सदरमुकाम खलंगाको रिङनतालबाट महाकाली नदिमा हाम फालेका पुरुष बेपत्ता भएका छन । शनिवार साँझको ४ बजे परिचय खुल्न बाकी बर्ष ३४ / ३५ का पुरुषले महाकाली नदिमा हाम फालेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

अहिले नेपाल प्रहरी र शसस्त्र प्रहरी खोजी कार्यमा रहेको बुझिएको छ । यो समाचार तयार पार्दा सम्म उक्त पुरुष बेपत्ता नै रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एवम प्रहरी निरिक्षक जगत गाहा मगरले जानकारी दिए ।

हाम फालेको ठाउँमा पुरुषले लगाउने चप्पल बाहेक अन्य केहि नभेट्टाएको प्रहरीले जनाएको छ । बेपत्ता पुरुषको खोजी कार्य भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय