दार्चुला । घरेलु हिंसा न्युनिकरणमा स्थानिय सरकारको भुमिका बिषयक अन्तरक्रिया एवम प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
आईतवार महाकाली नगरपालिकाको आर्थिक सहयोग तथा दार्चुला बिकाश संगठनको आयोजनामा गोष्ठी सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख कौशल प्रसाद ढुङ्गानाले लैङ्गिक हिंसा सम्वन्धमा कानुनी प्रावधानका वारेमा जानकारी गराउनु भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक ज्ञानेन्द्र बहादुर सिंहले बाल विवाह र बहु बिवाहका बारेमा कार्यक्रममा जानकारी गराउनु भएको थियो ।
बार एसोसियसनका प्रतिनिधि हरिश जोशीले महिला अधिकार सम्वन्धि संवैधानिक ब्यवस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा सुभकामना मन्तब्य राख्दै महाकाली नगरपालिकाका नगर प्रमुख नरसिह चैसिरले घरेलु हिंसा घरघरमा र प्रत्येक समुदायमा हुने हुँदा न्युनिकरणमा स्थानिय सरकार भन्दा पनि स्वय आफै नागरीक सचेत भएर सबैले आ आफ्नो क्षेत्रबाट लाग्नु पर्ने धारणा राखे ।
त्यस्तै सुभकामना मन्तब्य राख्दै महाकाली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मित्र प्रसाद घिमिरेले नगरपालिकामा उपप्रमुख को संयोजकत्वमा ३ सदस्यीय न्यायिक समिति हुने भन्दै घरेलु हिंसा न्युनिकरणमा स्थानिय सरकारको महत्व पुर्ण भुमिका रहने वताए ।
दार्चुला बिकास संगठनका कार्यक्रम संयोजक नरेन्द्र कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि महाकाली नगरपालिकाका नगर प्रमुख नरसिह चैसिर रहनु भएको थियो ।
कार्यक्रममा नगर उपप्रमुख दुर्गा बिष्ट खत्री, महाकाली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मित्र प्रसाद घिमिरे, सरकारी वकिल कार्यालयका कार्यालय प्रमुख कौशल प्रसाद ढुङ्गाना, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक ज्ञानेन्द्र बहादुर सिंह, बार एसोसियसनका प्रतिनिधि हरिश जोशी, मनपा महिला शाखा प्रमुख निर्मला कुँवर लगायत कार्यक्रममा ७० भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रम गल्फै स्थित होटल शुर्य प्रकाशमा सम्पन्न भएको हो ।
