दार्चुला । जिल्लाको अपि हिमाल गाउँपालिकामा भिरबाट लडेर एक बालकको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर ६ धङकङ छिपुलाकेदार माध्यमिक बिद्यालयको कक्षा ५ मा अध्ययनरत रहेका विद्यार्थीको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
आइतबार विद्यालयमा खेलिरहेका बेला मान सिह महताका छोरा वर्ष १२ ÷१३ का समिर महताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।

स्कुलको कम्पाउण्ड नजिकै खेलिरहेका उनी लडेर झण्डै ५० ÷६० मिटर तल खसेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको बारेमा थप अनुसन्धान गर्न अहिले खण्डेश्वरी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको छ । घटना आज विहान करिब ११ बजेतिर भएको बताइएको छ । थप बुझनको लागि उक्त क्षेत्रमा राम्रोसंग फोन सेवाले काम नगरिरहेको प्रहरीले जनाएको छ ।
स्कुलको कम्पाउण्ड नजिकै भिरमा खसेर बालकको मृत्यु
दार्चुला । जिल्लाको अपि हिमाल गाउँपालिकामा भिरबाट लडेर एक बालकको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर ६ धङकङ छिपुलाकेदार माध्यमिक बिद्यालयको कक्षा ५ मा अध्ययनरत रहेका विद्यार्थीको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
आइतबार विद्यालयमा खेलिरहेका बेला मान सिह महताका छोरा वर्ष १२ ÷१३ का समिर महताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।
स्कुलको कम्पाण्ड नजिकै खेलिरहेका उनी लडेर झण्डै ५० ÷६० मिटर तल खसेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।