दार्चुला । नेपाली कांग्रेस दार्चुलाको जिल्ला सम्मेलन भोली जिल्ला सदरमुकाम खलंगामा हुने भएको छ । जिल्ला सम्मेलन लाई सम्बोधन गर्न नेपाली काँग्रेस केन्द्रिय सदस्य एवम पुर्ब मन्त्री दिलेन्द्र प्रसाद बडू दार्चुला आउँदै हुनुहुन्छ ।

सम्मेलनमा क्षेत्रीय अधिवेशन प्रतिनिधि, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्लाकार्य समिति, नेपाली कांग्रेस गाउँ/नगरपालिका कार्यसमिति लगायत नेपाली कांग्रेस भातृसंघ, शुभेच्छुक सबैलाई जिल्ला सम्मेलनमा सहभागि हुनका लागि आमन्त्रण गरिएको नेपाली काँग्रेस जिल्ला सचिव पुलेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

नेपाली कांग्रेसको विधान २०१७ को धारा १२ को उपधारा (३) बमोजिम पार्टीले जिल्ला सम्मेलनको आयोजना गर्ने छ । सम्मेलनमा नेपाली कांग्रेसको वडा, पालिका र क्षेत्रीय सम्मेलनबाट प्राप्त सुझावका बिषयमा गहन रुपमा छलफल हुने पाटी सचिव कार्कीले वताए । यस्तै सम्मेलनमा पार्टीको संगठन विस्तार, तल्लो तहसम्म पार्टीको वैचारिक बहस, पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुसंग छलफल हुने छ ।

सम्मेलनले नेपाली कांग्रेसको संगठन विस्तारलाई सहयोग गर्ने विश्वास गरिएको छ । नेपाली कांग्रेसको विधान अनुसार बर्षमा एक पटक जिल्ला सम्मेलन गर्नुपर्ने भएकाले सोही अनुसार सम्मेलनको आयोजना गरिएको नेपाली कांग्रेस दार्चुलाले जनाएको छ ।

सुचना


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय