दार्चुुला ।विगत ५ वर्षदेखी बन्द अवस्थामा रहेको दार्चुलाको टिंकरनाका चाडै संचालनमा आउने दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पुर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले बताउनु भएको छ । नेपाल प्रेस युनियन दार्चुला शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सदस्य बडूले कोरोनाकाल देखी बन्द अवस्थामा रहेको छिमेकी राष्ट्र चीन संग सीमानाका जोडिएको टिंकरनाका चाडै संचालनमा आउने बताउनु भएको हो । टिंकरनाका बन्द हुँदा दार्चुलाको टिंकर र छाङरुमा बसोबास गर्दै आइरहेका सौका समुदायका मानिसहरुको रोजगारी बन्द भएको अवस्थामा सो नाकालाई तत्काल संचालन गर्ने तर्फ सरकारको ध्यानाकर्षण भएको उहाले बताउनुभयो भएको छ ।
सरकारले चीन संगको समन्वयमा अन्य नाकाहरु संचालनमा ल्याइसकेको तथा दार्चुलाको टिंकरनाका लाई पनि संचालनमा ल्याउन दुई देशका बीचमा छलफल र समन्वय भइरहेको सदस्य बडूले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भएको थियो । अगामी सेप्टेम्बरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण हुने तथा भ्रमणको समयमा टिंकरनाका संचालनका लागि चीन सरकार संग समन्वय र सहकार्य हुने उहाले बताउनुभयो । ‘प्रधानमन्त्रीको चीन भ्रमणपछि टिंकरनाका संचालनमा आउछ, उहाले भन्नुभयो ।’ टिंकर र छाङरुका स्थानियले चीनको स्वसासित क्षेत्र तक्लाकोटमा गर्दै आइरहेको व्यापार व्यवसाय बन्द भएको प्रति आफु र आफ्नो पार्टी नेपाली कांग्रेसको ध्यानाकर्षण भएको भन्दै उहाले उनिहरुको व्यापार व्यवसायलाई सहज रुपमा संचालन गर्न चीन सरकार संग निरन्तर पहल गरिरहेको पनि बताउनु भएको छ ।
सुदूरपश्चिमका साथै देशकै समृद्धिसंग जोडिएको टिंकरनाकालाई छिट्टै संचालनमा ल्याउनु अहिलेको आवश्यकता भएको उहाले बताउनु भएको छ । साथै उहाले सरकारले अगामी आर्थिक वर्ष २०८०÷०८१ म महाकाली करिडोर निर्माणका लागि छुट्ट्याएको ४५ करोड रकम एकदमै न्युन भएको बताउनु भएको छ । विगतको दार्चुला–टिंकर सडकलाई एमाले सरकारका पालामा महाकाली करिडोरमा गाभिएको प्रति उहाले चिन्ता व्यक्त गर्नु भएको छ । दार्चुला–टिंकर सडकलाई महाकाली करिडोरमा गाभ्दा निर्माणको कामले खासै गति नलिएको उहाको भनाई थियो । त्रिदेशिय सामरिक महत्व बोकेको दार्चुला टिंकर सडकलाई छुट्टै आयोजना अन्तरगत निर्माण गर्नुपर्नेमा उहाले जोड दिनु भएको छ ।
‘दार्चुला–टिंकर सडकलाई महाकाली करिडोरमा गाभ्दा खासै काम हुन सकेन, अब दार्चुला टिंकर सडक आयोजनाको छुट्टै कार्यालय स्थापना गरिनु सडक निर्माणको कामलाई तिब्रता दिनुपर्छ उहाले भन्नुभयो ।’ आफुले चुनावी अभियानका बेला बोलेका कुरा एक–एक गरि कार्यान्वयन गर्ने प्रतिबद्धता पनि उहाले जनाउनु भएको छ । जिल्लामा पहिलो पटक नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालय स्थापना गर्न सफल भएको भन्दै उहाले तत्काल बाकी रहेका ग्रामिण क्षेत्रमा खाद्य डिपोहरु स्थापना गरि संचालन गर्ने तयारी भइरहेको बताउनुभयो ।
