दार्चुला । जिल्ला अदालत दार्चुलाले व्यास गाउँपालिका–४ डोकटका नरसिंह विष्टको हत्यामा संलग्न एक जनालाई जन्मकैदको फैसला गरेको छ ।
विष्टको हत्यामा संलग्न भएको पुष्टि गर्दै सोमवार अदालतका न्यायाधीश खेमराज भट्टको एकल इजलासले व्यास–४ डोकटकै २५ वर्षीय दीपक विष्टलाई जन्मकैदको फैसला सुनाएको अदालतका स्रेस्तेदार कोशलेश्वर ज्ञवालीले जानकारी दिए ।

यही घटनामा संलग्न रहेका अन्य चार जनालाई अदालतले सफाइ दिएको छ । सफाइ पाउनेमा व्यास–४ का पूर्व वडाध्यक्ष सग्रामसिंह विष्ट, झुनसिंह विष्ट, प्रेमसिंह विष्ट र मोहनसिंह विष्ट रहेका स्रेस्तेदार ज्ञवालीले बताए ।
मङ्सिर ३ गते रातिदेखि बेपत्ता भएका नरसिंह विष्ट मङ्सिर ४ गते बेलुकी मृत अवस्थामा भेटिनुभएको थियो । उहाँको शरीरमा चोटपटक लागेको अवस्थामा स्थानीयले शव फेला परेका थिए ।
जन्मकैद फैसला सुनाइएका दीपकलाई प्रहरीले गत मङ्सिर ११ गते पक्राउ गरेको थियो ।
