बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजक राम सागर शाहले आफ्नै श्रीमतीको मुद्धा कमजोर पार्न स्थानीयहरुलाई प्रभावित पार्ने गरेको पाइएको छ ।
बिना अनुमती क्लिनिक चलाएर आफ्नै श्रीमतीद्धारा बिरामी जाच्ने र औषधी समेत बिक्रि वितरण गर्ने गरेकी शाहकी श्रीमती श्यामा शाहलाई बचाउनको लागि सेवाग्राहिलाई फोन मार्फत मुद्धा कमजोर पार्न दवाव दिने गरेको पाइएको हो ।

सेवाग्राहिलाई हामीहरुले नै उपचार गर्न भनेको हुनाले श्यामा शाहले उपचार गरेको भन्ने बयान गरिदिन आग्रह गरेको फोन रेकर्ड बाहिरिएको हो । स्वास्थ्य संयोजक राम शागर शाहकी श्रीमती श्यामा शाहले स्थानीयहरुलाई उपचार गर्दैगर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो । उपचार गर्नै गरेको अडियो समेत बाहिरिएको छ ।
फोनमा सेवाग्राही समेत रहेकी महिलालाई फोन गर्दै स्वास्थ्य साखा प्रमुख राम शागर शाहले फोनको कुराकानीमा भनेका छन्, ‘म जनकपुरे डाक्टर बोल्दैछु, मैले उपचार गरिदिन भनेको हु, त्यसैले मलाई उपचार गरेको हो, भनेर भनिदिनु पर्यो, म आउनजान गाडीको समेत व्यवस्था गरिदिन्छु,’ भनेका छन् ।
जवाफमा ती महिलाले भनेकी छन्, ‘मेरा छोराछोरी पाल्नुछ, यो उल्झनमा पर्दिन, मैले बिगत १५ वर्ष देखि उहाबाटै उपचार सेवा लिदै आएकी हुु तपाईकै श्रीमतीले उपचार गर्थिन्, म झुटा कुरा कसरी गरु रु’ ती महिलाले अघि भनेकी छन्, ‘जहिले पनि तपाई कै श्रीमतीले बिरामी जाच्ने गर्थिन, मैले झुटा कसरी बोलु ?, उपचार गर्नैबेला भिडियो रेकर्ड गर्नेलाई भन्नुहोस मलाई नभन्नुहोस् ।’ ती महिलाले फोनमा भनेकी छन् ।
गत जेठ पहिलो साता बिना अनुमती सञ्चालनमा रहेको क्लिनिकलाई पुनः पालिकाको पहलमा सञ्चालनमा उक्त क्लिनिकमा उपचार गराउदै गरेकी श्यामा शाहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उक्त क्लिनिक बिना अनुमती सञ्चालन भइरहेको हो । त्यति मात्रै होइन स्वास्थ्य सम्बन्धीको सामान्य शिक्षा समेत हासिल नगरेकी श्यामा शाहले बिरामी जाँच्ने देखि औषधी दिने गरेको पाइएको थियो । सोही आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको छ ।
अदालतबाट दोश्रो पटक म्याद थप गरी अनुसन्धान अघि बढीरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । उनिमाथि इलाज सम्बन्धीको कसुरमा अनुसन्धान भइरहेको छ । शाह यहि आसर १५ गते पक्राउ परेकी थिइन् । श्यामा शाहले सञ्चालन गर्दै गरेको ‘श्यामा क्लिनिक’ अबैध ठहर गर्दै जेठ दोश्रो साता जिल्ला प्रशासन कार्यालयले सिल गरेको थियो ।
जिल्ला प्रशासन कार्यालयले अबैध ठहर गरेको उक्त क्लिनिक गाउँपालिकाको पहलमा फेरी सञ्चालन भएको थियो । स्वास्थ्य साखा प्रमुख शाहकी श्रीमतीले वर्षौदेखि अबैध रुपमा क्लिनिक सञ्चालन गर्दै आएकी थिइन् । यस विषयमा स्वास्थ्य साखा संयोजक शाहसँग फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन । स्टारबुलेटिन
