दार्चुला । महाकाली नगरपालिकाको वडा नम्वर ९ स्थित नेपाल भारत जोड्ने झोलुङ्गे पुलको लट्ठा चुँडिएको छ । महाकाली नगरपालिका ९ दत्तु र भारतको बालुवाकोट जोड्ने झोलुङ्गे पुलको लठ्ठा चुँडिएको हो ।

पुलको लट्ठा चुँडिदा पुलमा आवतजावत बन्द भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्बजनिक सुचना मार्फत जानकारी गराएको छ । पुलको भारततर्फको लठ्ठा चुँडिदा दुर्घटनाको जोखिम रहेकाले आवतजावत बन्द गरिएको प्रशासनले जनाएको छ ।

साथै प्राविधिकबाट चेकजाँच र मर्मत सम्भारका लागि भारतीय पक्षसँग पहल भइरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय