दार्चुला । जिल्ला अदालत दार्चुलाले नगर शिक्षक व्यवस्थापन कार्यविधि २०८० लाई अदालतमा पेश गर्न विपक्षी महाकाली नगरपालिका नगर कार्यपालिकाको नाममा आदेश जारी गरेको छ । असार ३१ गते भएको आदेश अनुसार आजको सुनुवाईमा नगरपालिकालाई नगर शिक्षक व्यवस्थापन कार्यविधि पेस गर्न जिल्ला न्यायाधीश खेमराज भट्टबाट आदेश भएको श्रेस्तेदार कौशलेश्वर ज्ञवालीले जानकारी दिनुभयो ।

दार्चुला जिल्ला अदालतबाट विपक्षी महाकाली नगरपालिकाका नाममा असार ३१ गते नगर शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक परिक्षा विज्ञापन २०८० लाई कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी भएको थियो ।
निवेदक मालिकार्जुन गाउँपालिका–२ बस्ने सुन्दर सिंह धामी समेत ३ जनाको पक्षबाट अधिवक्ताद्धय धिरेन्द्र साउँद र हरिशचन्द्र जोशीले तथा विपक्षी महाकाली नगरपालिकाका पक्षबाट अधिवक्ता गगन सिंह धामी, कृष्ण सिंह महराले बहस गरेका थिए । नगर शिक्षक व्यवस्थापन कार्यविधि २०८० निर्माण भएको अवस्थामा नगरपालिकाका नाममा अल्पकालिन अन्तरिम आदेश जारी नहुनु पर्ने नगरपालिकाका पक्षका अधिवक्ताहरुले बहस गर्दा कार्यविधि पेश गर्न आदेश भएको उहाले बताउनुभयो ।
विपक्षी नगरपालिकाले नगर शिक्षक कार्यविधि २०८० लाई पेश गरेपछि पुनः सुनुवाई हुने श्रेस्तेदार ज्ञवालीले जानकारी दिनुभयो । अबको एक हप्तापछि पुनः सुनुवाई हुने बताइएको छ । यसअघिको स्थानिय सरकार महाकाली नगरपालिकाले सबै पक्रिया पुरा गरी भर्ना गरेका शिक्षकहरुको पुनः परिक्षा लिनु पर्ने कारण के हो ? लगायतका विषयहरु उल्लेख गरि असार २९ गते दार्चुला जिल्ला अदालतमा निवेदन परेको थियो ।
महाकाली नगरपालिकाले असार २४ गते आधारभूत तह (कक्षा ६–८) र माध्यमिक तह (कक्षा ९–१०) मा ३३ जना नगर शिक्षक भर्नाका लागि दरखास्त आह्वान गरेको थियो । नगरपालिका स्थित सामुदायिक विद्यालयमा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्धारा ३३ जना नगर शिक्षक भर्ना गर्न उक्त विज्ञापन गरिएको हो । आधारभूत तहका ९ विद्यालयमा २१ जना र माध्यमिक तहका ७ विद्यालयमा १२ जना शिक्षक भर्ना गर्न विज्ञापन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय