दार्चुला । जिल्लाको मालिकार्जुन गाउँपालिकामा निर्माण भइरहेको  प्रशासकिय भवनको दुई पटक शिलान्यास  गरिएको छ । प्रशासकिय भवनको निवर्तमान गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामी र वर्तमान गाउँपालिका अध्यक्ष हिरा सिह धामीले छुट्टाछुटै सयममा एउटै ठाउँमा उद्घाटन गरेका हुन ।

 गत बैशाख २७ गते निवर्तमान गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामीले उद्घाटन गरेको प्रशासकिय भवनको पुन: दोस्रो पटक गाउँपालिका अध्यक्ष हिरा सिह धामीले गत असार ३१ गते शिलान्यास गरेका छन । गाउँपालिकाको वडा नम्बर ८ थकतोली र शंकरपुरको विचमा निर्माण हुन लागेको सुविधा सम्पन्न भवनको दुबै अध्यक्षले फरक —फरक मितिमा शिलान्यास गरिएपछि अहिले विरोध भइरहेको छ ।

गाउँपालिकाको वडा नम्बर ८ को थकतोलीमा निर्माण हुने गाउँपालिकाको प्रशासकिय भवनको निर्वतमान गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामीले शिलान्यास गरेपछि विधिपूर्वक नगरिएको भन्दै गाउँपालिका अध्यक्ष हिरा सिह धामीको टोलीले ३१ असारमा शिलान्यास गरेको एक कर्मचारीले बताएका छन ।

गाउँपालिकाको वडा नम्बर ८ थकतोलीका स्थानीय दुर्गा दत्त जोशी र मोहन देव जोशीले निःशुल्क दान गरेको ६ रोपनी जग्गामा निर्माण हुन लागेको गाउँपालिकाको प्रशासकिय भवनको गत आइतबार शिलान्यास गरिएको गाउँपालिका उपाध्यक्ष कल्यान सिह धामीले जानकारी दिए ।

गाउँपालिका उपाध्यक्ष धामीका अनुसार निर्वतमान गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामीले कामको सुरुवात गरेको बताएका छन । ३१ असारमा गरिएको शिलान्यासले इटा राख्ने काम गरेको बताएका हुन । लगभग झण्डै ७ करोड बराबरको बजेटमा निर्माण हुने  लागेको भवनमा साढे तिन तलाको बन्ने बताइएको छ ।

निर्माण हुन लागेको प्रशासकीय भवन मालिकार्जुन गाउँपालिकाका ८ वटै वडाका स्थानीयलाई पायक पर्ने स्थानमा रहेको गाउँपालिकाले जनाएको छ ।  पुर्व गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामीले आफनै पालादेखि भवन निर्माणको प्रक्रिया अगाडी बढाएको भन्दै आफैले भवन शिलान्यास गर्ने मौका मिलेको दावी गरेका छन । nfm

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय