धनगढी । अछाममा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
पञ्चदेवल नगरपालिका– ४ कालिकास्थान नजिकै मलामी बोकेको ट्याक्टर दुर्घटनामा पञ्चदेवल नगरपालिका– ६ का अन्दाजी २३ बर्षीय बिर्ख विकको मृत्यु भएको हो ।

भे १ त ६७५६ नम्बरको ट्याक्टरको ट्राली पल्टिदा भएको दुर्घटनामा अन्य २३ जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।
