दार्चुला । जिल्लाको लेकम गाउँपालिकाको व्याक लोडर (डोजर) पल्टिएको छ ।
लेकम गाउँपालिकाको सू.प.प्र.०१००१ ग १८९ नम्बरको जेसिबी कम्पनीको व्याक लोडर लेकम गाउँपालिका—६ श्रीपुर नजिक सडकमा पल्टिएको हो ।
आइतबार लेकम गाउँपालिका—५ चौपाताबाट गोकुलेश्वर लाली सडक खण्ड अन्तरगत सिरोडा, श्रीपुर,तेलीगाउँ,तिउनेगाउँ सम्म सडक सरससफाई गर्न आउँदै गरेको बेला श्रीपुर नजिक पल्टिएको हो ।
व्याक लोडर चालक भानदेव जोशीले चलाएका थिए । गोकुलेश्वरबाट अर्को व्याक लोडर मगाएर सडकबाट निकालिएको थियो । व्याक लोडरमा सामान्य क्षती पुगेको छ भने चालक जोशीलाई चोटपटक लागेको छैन् ।
चालकलाई जोशीलाई व्याक लोडर (डोजर) चलाउन सम्बन्धी पुर्ण ज्ञान नभएकोले राम्रै सडकमा पल्टिएको स्थानियले बताएका छन् ।
चालक जोशीले सडक सरसफाई गर्दा पनि राम्रोसंग काम नगरि छोड्ने,ओकालो आराले ठाउँमा गाडीहरु गुडाउन उप्ठेरो हुने भएपनि त्यस्तो ठाउँमा कम गरे जस्तो गरि कामै नगरि सिधै व्याक लोडर लेकम गाउँपालिकाको कार्यालय रातामाटा लगेर खडा गर्ने गरेको स्थानीको गुनासो छ ।
