दार्चुला । एक बालिकाको बेवारीसे शव फेला परेको छ । जिल्लाको व्यासँ गाउपालिका ४ डोकटको सुनकोट महाकाली नदी किनार क्षेत्रमा बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।अन्दाजी १५ वर्षकी बालिका सढेको अवस्थामा मंगलबार फेला परेको उनले बताए ।
बालिकाको शवलाई भारतीय नागरीकले देखेपछि नेपाल प्रहरीलाई खवर गरेको बताइएको छ । घटनाको बारेमा थप अनुसन्धान गर्न अहिले सुन्सेरा प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालय हुतीबाट प्रहरी साहयक निरीक्षक लोकेन्द्र सिह कार्कीको टोली घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

शवको पहिचान गर्ने प्रयास भए पनि शव कुहिएकाले समस्या भएको प्रहरीको भनाइ छ । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय दार्चुलाले जनाएको छ । अहिले घटनाको बारेमा बुझन जिल्ला अस्पताल दार्चुलाबाट डाक्टर ओबजन रावलको टोली समेत घटनास्थलमा गएको प्रहरीले जनाएको छ ।
