दार्चुला । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्वर ६ ग्वानीमा २ योजनाको कामबिनै फरफारक गरिएको पाईएको छ । वडा नम्बर ६ अन्तर्गत ग्वानीको तेकते पिसीसी बाटो निर्माणको काम नगरी ४ लाख भुक्तान भएको पाइएको हो । उपभोक्त समितिका अध्यक्ष इन्द्र सिंह धामी (नवीन) लाई यो बिषयमा बुझ्दा हिजो बाट काम सुरु गरेको र अबको केहि दिनमै काम सम्पन्न गर्ने बताए । उपभोक्ता समितिका अध्यक्ष ईन्द्र सिंह धामी (नवीन) शैल्यशिखर नगरपालिकाका नगर प्रमुख बिजय धामीका स्वकीय सचीव समेत हुन ।
त्यस्तै सोही वडाको कफलखेत पिसीसी योजनाको पनि पुर्ण काम नगरी रकम भुक्तानी गरेको पाइएको छ । ५ लाख पचास हजारको पिसीसी निर्माण बाटो प्राबिधिक मुल्यांकन भन्दा थोरै मात्र सोलिङ गरेको र पिसीसी नगरीकन नगरपालिका बाट भुक्तानी भएको स्थानियको आरोप छ। उपभोक्ता समितिका अध्यक्ष मदन धामीका अनुसार बाटो निर्माण भईसकेको र प्राबिधिक मुल्यांकन अनुसार ३ लाख ५० भुक्तानी पाएको जानकारी दिए ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र बहादुर बिष्टलाई यो बिषयमा बुझ्दा आफू धनगढी रहेको र बुझ्ने प्रयास गरिरहेको वताए । फिल्डमा प्राविधिकहरु जाने भन्दै प्राविधिक मुल्याङकनका आधारमा योजना भुक्तानी भएको जानकारी दिए ।
शैल्यशिखर नगरपालिकाका प्राविधिकका अनुसार दुबै योजनाको भुक्तानी भईसेको बताएका छन । योजनाको लागि सुरुमा सम्झौताका लागि वडा बाट सिफारिस लैजानु पर्ने हो तर यि २ योजनाको वडाबाट कुनै पनि सिफारिस नभएको वडा सचिव मनोहर धामीले जानकारी दिए ।
