दार्चुला । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्वर ४ मा रहेको भुवनेश्वरी आधारभुत विद्यालयको अवस्था दयनिय रहेको छ । २०५४ सालमा स्थापना भएको विद्यालय भवन जिर्ण छ । उक्त जीर्ण विद्यालय भवन मर्मतका लागि स्थानीय सरकारलाई पटक पटक माग गरिदा पनि कुनै चासो नदेखाएको स्थानीय मनोज भट्ट्ले बताए ।

अहिले बिद्यालयको अवस्था निकै जिर्ण रहेकोले स्थानीयहरुले बालबालिकाहरु बिद्यालय लगाउन समेत छोडिसकेका छन । स्थानीयहरूको बारम्बारको ताकेताले नगर पालिकाबाट एक लाख पचास हजार रकम बजेट बिनियोजन गरेको छ । यो बिनियोजित रकमले एक गतिलो सौचालय समेत बन्दैन । वर्तमान नगर सरकारले बिद्यालय भवन निर्माण गर्न पहिलो प्राथमिकतामा राख्ने आश्वासन देखाए पनि बारम्बार भन्दा पनि कुनै चासो नदेखाएको स्थानियहरुले आरोप लगाएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय