दार्चला । गत आर्थिक वर्ष २०७९/८० मा शैल्यशिखर नगरपालिका–५ को जगन्नाथ कृषि समूहका लागि विनियोजित गरिएको १० लाख बजेट हिनामिना भएको स्थानियले आरोप लागेको छ ।

नगरपालिकाबाट विनियोजित १० लाख बजेटले कुनै कार्यक्रम, योजना नै संचालन नभएको स्थानीयहरुले बताएका छन् । गत वर्ष उक्त बजेट व्यवस्थापन तथा सामग्री खरिदका लागि भनेर विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।

स्रोतका अनुसार त्यो १० लाख रकम जनप्रतिनिधिहरुको मिलेमतोमा हिनामिना भएको वताईएको छ । जनप्रतिनिधिहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा गत वर्ष कात्तिक १८ गते दार्चुला सदरमुकाम खलंगामा आयोजना गरिएको एमालेको चुनावी आमसभामा सहभागी हुन गाडी व्यवस्थापनका लागि खर्च मागिएको तथा उक्त खर्च व्यहोर्न नगरपालिकाबाट बजेट विनियोजन गरिएको बुझिएको छ ।

त्यो चुनावी आमसभाका लागि समुहमा आएको सबै रकम बुझाएको कुरा जगन्नाथ कृषि समूहका जिम्मेवार पदाधिकारीले सिद्धटोपी अनलाईन खबरलाई जानकारी दिए । नेकपा एमालेका कार्यकर्ता पुष्कर सिह डाँगा र शैल्यशिखर नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष जनक सिह डाँगाले आफुबाट समुहको कागजपत्र मागेको र नक्कली बिल बनाएर पालिका पेश गरि भुक्तानी गरेको उनको भनाई छ ।

समुहको खातामा आएको रकम ९ लाख ८० हजार रुपैयाँ वडा अध्यक्ष र एमाले कार्यकर्तालाई वुझाएको उनले स्विकारेका छन । यस बिषयमा स्थानियले जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदन र मिडियाले गरेको फ्लोअफका कारण वडा अध्यक्ष लगायत नेकपा एमालेका पाटी प्रतिनिधि बसेर समुहलाई उक्त रकम फिर्ता गर्ने र तुरुन्त समुहलाई आवश्यक सामग्री खरिद गर्न दबाव आएको बुझिएको छ ।

यस बिषयमा शैल्यशिखर नगरपालिकाको कृषि शाखा भने आफु बच्न बिभिन्न कारण देखाईरहेको छ । समुहलाई अनुदान उपलब्ध गराएको भन्दै आवश्यक बिलहरु पेश गरेका कारण भुक्तानी भएको जनाएको छ ।

सरकारी रकम खातामा हालेर हिनामिना गरेको भन्दै त्यहाँका स्थानीयले यो विषयमा प्रशासनमा उजुरीसमेत गरेका छन् । उजुरीका बिषयमा प्रशासनले ७ दिनभित्र त्यो सम्बन्धी सबै कागजात, बील भौचर र बैंक स्टेटमेन्ट झिकाइएको वताएका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय