दार्चुला । भर्तोला जोलजिवी सेरा सडक खण्ड अन्तरगत पर्ने कुरज्यानी बाँकु चट्टानमा सडक निर्माणकाे काम तत्काल गर्न निर्माण कम्पनीलाई ताकेता गरिदिन नेपाली कांग्रेस मालिकार्जुन गाउँ कार्यसमितिले प्रमुख जिल्ला अधिकारी किरण जोशीलाई ज्ञापन पत्र बुझाएको छ । जिल्लाको महाकाली नगरपालिका–९ बेत भर्तोला देखी सुरु भई बैतडीकाे सेरा जोड्ने जोलजिवी सेरा सडक अन्तरगत पर्ने मालिकार्जुन गाउँपालिका–६ मा पर्ने कुरज्यानी बाँकु भिरको चट्टानमा सडक निर्माणको कार्य तत्काल गर्न कांग्रेसले माग गरेको छ ।

सडक डिभिजन कार्यालय बैतडी मार्फत तिन वर्ष पहिले दार्चुलाको महाकाली नगरपालिकाका चक्र सिंह बोहराको जय लटीवाव निर्माण सेवा संग ठेक्का सम्झौता भएको भए पनि हाल सम्म सडक निर्माणको काम नभएपछि कांग्रेस मालिकार्जुनले निर्माण कम्पनीलाई ताकेता गरी सडक निर्माणको काम तत्काल गराउन पहल गरिदिन  प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाएको हो ।

चट्टान कटिङ्ग गर्न बिष्फोटक पदार्थ उपलब्ध भइसक्दा समेत निर्माण कम्पनीले निर्माणकाे काम नगरेको ज्ञापनमा भनिएको छ । उक्त सडक खण्ड निर्माण गर्न आवश्यक पर्ने बिष्फोटक पदार्थ उपलब्ध हुँदा समेत निर्माण कार्यको सुरुवात नगरेका कारण निर्माण कम्पनीलाई ताकेता गराई निर्माणको कार्य थालनी गराउन प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाएको नेपाली कांग्रेस मालिकार्जुन गाउँ कार्यसमितिका सभापति किसन सिंह सामन्तले जानकारी दिनुभयो ।

तत्काल उक्त सडकको निर्माण कार्य अगाडी नबढेमा स्थानिय जनताहरु नियम कानून भित्र रहि संघर्षका कार्यक्रमहरु गर्ने ज्ञापनमा भनिएको छ । सभापति सामन्तको नेतृत्वमा गएका नेपाली कांग्रेसका पालिका तथा जिल्ला स्तरिय नेताहरुले उक्त ज्ञापन प्रमुख जिल्ला अधिकारी किरण जोशीलाई बुझाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय