दार्चुला । जिल्लाको ब्याँस गाउँपालिकाको कार्यपालिका बैठक मंगलबार जिल्ला सदरमुकाम खलंगामा बसेको छ । गाउँपालिका अध्यक्ष मंगल सिह धामीको अध्यक्षतामा बसेको बैठकले कार्यालयमा राखिएका संघका ३ जना र पालिकाका ६ जना गरी ९ जना करार कर्मचारीहरुको नियुक्ती थप नगर्ने निर्णय गरेको छ ।
संघ सरकारबाट नियुक्त गरिएका रोजगार संयोजक रमेश भट्ट, सूचना प्रविधि अधिकृत शिवराज बडू, समाजिक परिचालक शारद बडू र पालिकाबाट नियुक्त गरिएका अन्य ६ जना करार कर्मचारीहरुको नियुक्ती थप नगर्ने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता उपेन्द्र सिह धामीले जानकारी दिए ।
संघका कर्मचारीहरुको हकम प्रमुख प्रशासकिय अधिकृतलाई नियुक्ती थप गर्न भनि परिपत्र भएको जानकारी दिदै प्रवक्ता धामीले आर्काे कार्यपालिका बैठकले निर्णय गर्ने जानकारी दिए । कार्यसम्पादन मुल्याङकनमा काम सन्तोशजनक नदेखिएकाले नियुक्ती थप नगर्ने निर्णय गरिएको प्रवक्ता धामीले जानकारी दिए ।
