दार्चुला । नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेका गिरोहहरुलाई सार्बजनिक गरेको छ । बुधवार जिल्ला प्रहरी कार्यालय दार्चुलामा पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका ८ जना गिरोहलाई सार्बजनिक गरेको हो ।
पक्राउ पर्नेमा महाकाली नगरपालिका वडा नम्बर ३ बाँज बस्ने बर्ष २७ का नरेन्द्र सिह महर, ईश्वर सिह महर, बिसन सिह नगाल, रमेश सिह महर, देव सिह महर, रुकुम सिह महर, मालिकार्जुन गाउँपालिका वडा नम्वर ३ का श्याम सिह धामी र गोदावरी नगरपालिका वडा नम्वर ३ कालिका टोल बस्ने शंकर भुल रहेको प्रहरी नायव उपरिक्षक (डीएसपी) तर्कराज पाण्डेयले जानकारी दिए ।
उनका अनुसार नरेन्द्र सिह महराले आफु नेपाली सेनाको देवीदल गण अत्तरियामा कार्यरत जागिरबाला ब्यक्ती रहेको भन्दै बिभिन्न ब्यक्तिहरुबाट विभिन्न समयमा बैंक खाता, र ईसेवा आईडि मार्फत नगद लिएको अनुसन्धानले देखाएको छ । मालिकार्जुन गाउँपालिका वडा नम्वर ३ का श्याम सिह धामी लगायतका ७ जनाहरुबाट १४ लाख ९५ हजार ठगी गरि रकम असुल गरेको प्रहरीले जनाएको छ । उनीहरुमाथि ठगी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
