मनोज भट्ट, दार्चुला । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्वर ४ शल्लेधारमा रहेको भुवनेश्वरी आधारभुत विद्यालयको भवन जिर्ण बन्दै गएको छ । बि.स. २०५४ सालामा निर्माण भएको भवनको अहिले नाजुक अवस्था रहेको छ । कक्षा १ देखी ५ सम्म पढाई हुने उक्त बिद्यालयमा ३ जना शिक्षक रहेका छन । ३० जना विद्यार्थीहरु रहेका छन ।

उक्त भवन बिगत लामो समय देखि जिर्ण बन्दै गएपनी स्थानिय सरकार भने पुन निर्माणमा मौन रहेको स्थानिय एवम सिद्धटोपी खबर सहकर्मी मनोज भट्टले बताए । निवर्तमान सरकार सङ्ग भवन निर्माणको माग राख्दा पनि केही भएन, अहिलेको वर्तमान सरकारले पनि चुनावको समयमा बिद्यालयलाई एक नम्बर प्राथमिकतामा राख्ने भने पनि कुनै पहल गरेनन, झन बाख्रा खोर जस्तो बनेको भवन लाई मर्मत गर्न १ लाख ५० हजार रकम मात्रै विनियोजन भयो, जुन ठाउमा एक कट्टा सिमेन्ट ल्याउन ज्याला मात्र ६ सय लाग्छ त्यो ठाउमा बिद्यालय भवन निर्माण होला त ? उनले भने । १ लाख ५० हजारको त्यो ठाउँमा एउटा राम्रो शौचालय समेत बनाउन नसकिने स्थानिय हरु बताउँछन ।

अहिले शैल्यशिखर नगरपालिका भ्रष्टाचार गर्ने मध्ये शुदुर पश्चिम प्रदेश मा पहिलो नम्बर मा रहेको छ । उक्त नगरपालिका ले १ बर्षमा १६ करोड बेरुजु देखाउन सक्ने तर बिद्यालय जस्तो क्षेत्र निर्माण गर्न नसक्ने भन्दै अहिले चारै तिर आलोचना भैरहेको छ । अहिले बिद्यालयको अवस्था हेर्ने हो भने कक्षा कोठाहरुका वालहरु भत्किसकेका छन । पानि परे पानी भित्र पस्ने , घाम लागि घाम भित्र पस्ने अवस्था रहेको तस्विरमा सहजै देख्न सकिन्छ । अहिलेको समयमा सबै बिद्यार्थीहरुलाई अफिस कोठामा लगेर पढाउने गरेको प्रधानाध्यापक दसरथ भट्टले बताए ।

बिद्यालय वरिपरि जान समेत कठिन हुने अवस्था आए पछि अहिले अभिभावक हरुले आफ्ना नानिबाबु हरुलाई बिद्यालय लगाउन समेत छोडिसकेका छन । उक्त समाचार को जवाफ दिदै अहिले समाजिक संजाल भने निकै तातेको छ । बिद्यालय जस्तो क्षेत्रको अवस्था बारे बोल्दै समाजिक संजालमा लाज पचाएर बसेको पालिका भनेर शैल्यशिखर नगरपालिकाको जताततै आलोचना भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय