दार्चुला । जिल्ला सदरमुकाममा रहेकाे एक ईलेक्ट्राेनिक पसलमा आगलागी भएको छ । बुधबार राति करिब १० बजे तिर महाकाली नगरपालिका वडा नम्बर ४ रिङन ताल नजिक तिंकर सडक खण्डमा रहेको जमन सिंह धामीको (धामी ट्रेडर्स एण्ड ईलेक्ट्रोनिक) पसलमा बिद्युतको तार सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी हुनासाथ अस्थाई प्रहरी पोष्ट पुलघाटबाट खटिएको प्रहरी टोली र स्थानियहरूको सहयोगमा राति १०:३० बजे पुर्ण रुपमा आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय दार्चुला जनाएको छ । आगलागीबाट मानविय क्षति नभएको र पसल भित्र १ तर्फ राखिएका ईलेक्ट्रिक सर-सामानहरू जलि नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको बिवरण आउन बाकी छ । घटनाको बारेमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुला जनाएको
