दार्चुला । पहिरोका कारण गएको सोमबारदेखि अवरुद्ध भएको भिमदत्त राजमार्ग एकतर्फी रुपमा सुचारु भएको छ । सुदूरपश्चिमका पहाडी जिल्लाको जोड्ने लाइफलाइनको रुपमा रहेको राजमार्ग ५ दिनको प्रयासपछि एकतर्फी सुचारु भएको हो ।

दोहोरो यातायात सञ्चालन हुन अझै समय लाग्ने सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर पीयूष चटौतले बताएका छन् ।

अहिले पनि राजमार्गमा खाली गाडीमात्रै ओहोरदोहर गर्न दिइएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । सडक हिलाम्य हुँदा लोड गाडी सञ्चालनमा अझै समस्या रहेको छ । केही तरकारी तथा समान्य लोड बोकेका गाडीहरुलाई छोडेपनि धेरै लोड भएका गाडीहरु सञ्चालन हुने अवस्था नरहेको बताइएको छ ।

पहिरोको कारण करीब ५ सय मिटर सडक भासिएपछि नयाँ ट्रयाक खोलिएको छ । लगातारको बर्षाले नयाँ ट्रयाकमा हिलो नै हिलो भएकाले सवारी साधन सञ्चालनमा समस्या रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय