दार्चुला । दार्चुला भन्सार कार्यालयले एक महिनाको अवधिमा साढे ६ लाख भन्दा बढि राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो महिना साउनमा ६ लाख ७० हजार ४ सय ८१ रुपैया राजश्व संकलन गरेको दार्चुला भन्सार कार्यालय दार्चुलाका कार्यालय प्रमुख शिवचन्द्र प्रसादले जानकारी दिनुभयो ।
गत आर्थिक वर्ष २०७९र८० को पहिलो महिना साउन भन्दा झण्डै दोब्बर राजश्व संकलन भएको कार्यालय प्रमुख प्रसादले बताउनुभयो । गत आर्थिक वर्षको साउन महिनामा ३ लाख ५० हजार १ सय ९९ रुपैयाँ राजश्व संकलन भएको थियो भने चालु आर्थिक वर्षको साउन महिनामा ६ लाख ७० हजार ४ सय ८१ रुपैया संकलन गरेर झण्डै दोब्बर राजश्व संकलन गरेको उनले बताए ।
‘प्रत्येक वर्ष विभिन्न कारण राजस्वमा ह्रास आउने गथ्र्यो तर गत आर्थिक वर्ष २०७९र८० देखि राजश्व आम्दानीमा सुधार भएको उनले बताउनुभयो । दार्चुला भन्सार कार्यालयले गत आर्थिक वर्ष राजश्व आम्दानीमा सुधार गर्दै लक्ष्यभन्दा दोब्बर राजस्व संकलन गरेको थियो ।
गत आर्थिक वर्ष २०७९र८ ० मा १९ लाख ६८ हजार लक्ष्य राखेकोमा त्यसको दोब्बर बढी ४० लाख ८१ हजार ४०२ रुपैयाँ राजस्व संकलन गरेको थियो । दार्चुलामा मूल भन्सार कार्यालय स्थापना भएदेखि राजस्वमा वृद्धि हुन थालेको जनाएको छ ।
