दार्चुला । एक महिलाले आइतबार शरीरमा मट्टीतेल छर्केर आत्मदाहको प्रयास गरेकि छन । जिल्लाको शैल्यशिखर नगरपालिका वडा—५ तल्लो सेतकला बस्ने वर्ष ४५ कि कम्मान सिह साउदकी श्रीमती सुना साउदले विहान ११ बजेतिर आफ्नै शरिरमा मट्टीतेल छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिहंले जानकारी दिए ।
विहान साउदले घरमा कोही नभएको बेला शरिरमा मट्टीतेल हालेर आगो लगाएको र छिमेकीहरूले थाहा पाएपछि शरिरमा लागेको आगो निभाएर गोकुलेश्वर अस्पतालमा उपचारका लागि ल्याइएको प्रहरीले जनाएको छ ।
घाइते साउदको घुडा भन्दा माथीको भाग जलेकाले अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते साउदको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
