दार्चुला । एक जना एकल बृद्ध महिलाको चक्कु प्रहारगरी हत्या भएको खुल्न आएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–७ टोपालि टोलका ८० वर्षीया भागरथी चन्दको घाटी र छातीमा चक्कु प्रहार गरेर हत्या गरिएको स्थानीयले बताएका छन ।
स्थानीयका अनुसार महिलाको घाटी र छातीमा आठ दश वटा चक्कु प्रहार भएको देखिएको बुझिएको छ । उनको हत्या गरि घरभन्दा एक सय मिटर पर फालिएको अवस्थामा शव फेला परेको स्थानीयले बताएका छन ।
शनिबारदेखि हराएकी महिला फेला नपरेको भन्दै आफन्तले प्रहरी चौकीमा आइतबार निवेदन समेत दिएको प्रहरीले जनाएको छ ।
मृतकको घरमा प्रहरी चौकी जोलजीवि र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले घट्नास्थल जाँच मुचुल्का बनाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए । शव ल्याउन बाँकी छ उनले भने, किटानी जाहेरी आएको छैन् । जाहेरी कस्तो किसिमले आउँछ सोही अनुसार अघि बढ्छौ । अहिलेसम्मको घट्नास्थल हेर्दा हत्या भएको देखिन्छ ।
