दार्चुला । अनाथ परिचयपत्रको आधारमा जिल्ला अस्पताल दार्चुलाबाट उपलब्ध हुने सेवा सुबिधा निशुल्क हुने भएका छन । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष दिपक राज जोशीको अध्यक्षतामा मंगलबार बसेको बैंठकले अनाथ बेसाहारा बालबालिकालाई अनाथ परिचय पत्रको आधारमा अस्पतालबाट प्रदान गरिने सम्पुर्ण सेवा सुविधाहरु पुर्ण निशुल्क गर्ने निर्णय गरिएको छ ।

त्यस्तै बैंठकले आकस्मिक रुपमा बिद्यालयमा बिरामी भई अस्पतालको आकस्मिक कक्षमा राखी उपचार गर्नु पर्ने बिरामीहरुको हकमा विद्यार्थी परिचय पत्रको आधारमा टिकट र ल्याव परिक्षण सेवा निशुल्क गर्ने, जनआन्दोलन जनयुद्ध लगायत नेपाल सरकारबाट सहिद घोषणा गरिएका एकाघर परिवार र घाईते लाई जिल्ला प्रशासन कार्यालयले प्रदान गरेको परिचय पत्रको आधारमा जिल्ला अस्पतालबाट प्रदान हुने फार्मेसी बाहेकका ओपीडि टिकट स्वास्थ्य परिक्षण लगायतका सेवाहरु निशुल्क गर्ने निर्णण गरिएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष जोशीले जानकारी दिए ।

त्रैमासिक रुपमा अस्पतालको आय ब्यय विवरण सार्बजनी गर्ने लगायत विगतमा निरोगीताको प्रमाणपत्रको शुल्क ४ सय लिईदै आएकोमा बुधबार देखी लागु हुने गरी स्वास्थ्य परिक्षण बाहेक १ सय मात्रै कायम गर्ने निर्णय गरिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय