दार्चुला । एक महिला खोलामा हाम फालेर बेपत्ता भएकी छन् । जिल्लाको नौगाड गाउँपालिका-६ धुलिगडा खेडाकी अन्दाजी ५० वर्षीया अनुफा चुनारा नौगाड खोलामा हाम फाली बेपत्ता भएकी हुन् । मङ्गलवार राती ११ बजेतिर चुनाराले खोलामा हाम फालेको स्थानीय मनिषा धामीले जानकारी दिए ।

अनुफा र उनका श्रीमान हरिलाल चुनारा भारतको हल्द्वानी बस्दै आएकोमा भदौ १० गते भेटघाटका लागि नौगाडस्थित दाइ बलदेव चुनाराको घरमा आएका थिए । बेपत्ता चुनाराको खोजीमा प्रहरी चौकी होपरिगाड र स्थानीयहरु जुटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय