दार्चुला । दार्चुलामा डेङ्गु संक्रमण हुँदा एक जनाकोे मृत्यु भएको छ ।

जिललाको महाकाली नगरपालिका वडा नम्बर ९ दत्तु स्थित राष्ट्रिय माविमा ९ कक्षामा अध्ययनरत बर्ष १४ कि जेलिना चैसिरको डेङ्गु रोगको उपचारका क्रममा हल्द्वानीमा मृत्यु भएको बिद्यालयका प्रधानाध्यापक राजेशसिह सामन्तले दिए ।

समान्य ज्वरो आएपछि उपचारका क्रममा जिल्ला अस्पताल दार्चुला लगेपछि डेङ्गु देखा परेको थियो । उपचार गरेपछि घर फर्केर बढी ज्वरो आएपछि थप उपचारका लागि भारतको हल्द्वानी रिफर गरिएको थियो ।

राष्ट्रिय मावि दत्तूले आज एक दिन शोक बिदा गरेको छ । उनको भाद्र १६ गते अस्पत्तालमै मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय