धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका—७ भानुचोकमा रहेको पशुपति शिक्षा मन्दिरले कृष्ण जन्माष्टमीको पुर्वसन्ध्यामा कृष्ण रुप सज्जा प्रतियोगिता गरेको छ ।

कक्षा ८ सम्म पठनपाठन हुने यस बिद्यालयका बिद्यार्थीहरु बिच आज सो प्रतियोगीता गराईएकोे बिद्यालयका प्रध्यानाध्यापक सुरेश बडूले जानकारी दिए ।

उक्त प्रतियोगीतामा प्रथम द्धितीय तृतीय स्थान प्राप्त गर्ने प्रतियोगीहरुलाई उचित नगद क्रमशः एक हजार, पाँच सय र तीन सय रुपैयाँ समेत दिईएको प्रध्यानाध्यापक बडुले बताए ।

यो बिद्यालयले प्रत्तेक बर्ष कृष्ण जन्माष्टमीको पुर्वसन्ध्यामा बिभिन्न कार्यक्रमहरु गर्दे आएको छ ।

पशुपति शिक्षा मन्दिर यस्तो स्कुल हो जहाँ अङ्ग्रेजी माध्यममा पठनपाठन हुन्छ । विद्यालयमा सबै जातजातिका विद्यार्थी अध्ययनरत छन् ।

यो बिद्यालयमा कसरी हुन्छ दैनिक पठनपाठन ?
दैनिक ४० मिनेटको बन्दना सत्र हुने गरेको छ । बन्दना सत्रको सुरुवात दीप प्रज्वलनबाट हुन्छ । दीप प्रज्वलनका लागि विद्यालयले हरेक दिन नयाँ नयाँ अतिथिलाई निमन्त्रणा गर्छन् । दीप प्रज्वलनसँगै दीप स्तुति, सरस्वती बन्दना, शान्ति स्तोत्र पाठ, पृथ्वी बन्दना, गुरू र मातापिता बन्दना र राष्ट्र बन्दना गरि कक्षाको सुरुवात हुन्छ ।

कृष्ण जन्माष्टमीको महत्व
कृष्ण जन्माष्टमीको महत्व कृष्ण जन्माष्टमीलाई सातम, आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । भगवान विष्णुको आठौं अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने वार्षिक पर्व हो । श्रीकृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् ।

