दार्चुला । जिल्लामा हुने अपराधिक गतिविधि, चोरी, तस्करी, लुटपाट, जुवातास लगायतका घट्नाहरुलाई न्युनिकरण गरी शान्ति सुरक्षा कायम गर्ने दार्चुलाका प्रहरी नायव उपरिक्षक शिव बहादुर सिंहले बताउनु भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्यूरो उपत्यका सेक्टर नक्साल काठमाडौबाट सरुवा भएर दार्चुला आउनु भएका प्रहरी नायव उपरिक्षक सिंहले जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई चुस्तदुरुस्त राख्न सबै किसिमका उपायहरु अपनाएर काम गर्ने बताए ।
आइतबार जिल्लास्थित विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरु संग जिल्लाको बस्तुस्थितिका बारेमा जानकारी लिदै प्रहरी नायव उपरिक्षक सिंहले भोली देखि नै देखिने गरी काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
‘मैले रिजल्ट सकारात्मक आउने गरी काम गर्छु, विगतको भन्दा शान्ति सुरक्षाको अवस्थामा केहि चेन्ज पाउनु हुन्छ उनले भने ।’ खासगरी उनले लागु औषध, झै–झगडा, होटेलहरुमा हुने अनैतिक किसिमका गतिविधिलाई पुर्णरुपमा नियन्त्रण गर्ने बताए ।
साथै उनले सीमानाकामा हुने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न सीमा सुरक्षा बैठकमा कुरा गर्ने तथा दुवै देशका सुरक्षाकर्मी मिलेर अरापध न्युनिकरण गर्ने बताए। भयो । नायव उपरिक्षक सिंह संगको परिचयात्मक कार्यक्रममा पत्रकारहरुले जिल्लाको समग्र बस्तुस्थितिका बारेमा जानकारी गराएका थिए ।
