काठमाडौं – दार्चुलाको मालिकार्जुन मन्दिरमा गौरा हेर्न गएका दुई युवाहरुको समूहबीच कुटपिट भएको घटनाले यतिबेला सामाजिक सञ्जाल तातेको छ । दुई समूहको कुटपिटमा परी जिल्लाका  २१ वर्षीय दिनेशसिंह धामी घाइते भएको पीडित परिवारको भनाई छ । यो घटना शैल्यशिखर नगरपालिकाका पुर्व मेयर अमरसिंह धामीको निर्देशनमा भएको जिकिर पीडित परिवारको छ ।

यता दार्चुलाको शैल्यशिखर नगरपालिकाका पूर्व मेयर अमरसिंह धामीले भने यस घटनामा आफ्नो कुनै संलग्नता नरहेको जनाउनु भएको छ । घटनामा आफ्नो कुनै संलग्नता नरहेको तथा आफ्नो चरित्र हत्या गर्न खोजेको दाबी धामीको छ । धामीले यस घटनामा आफ्नो नाम जोडिएको प्रति आपत्ति जनाउनु भएको छ ।

‘यो घटना बारे मलाई कुनै जानकारी नै छैन । झगडा भइसकेपछि मात्रै मलाई खबर आएको हो । यो घटनामा मलाई बदनाम गर्नका लागि केही सञ्चार मध्यमले समाचार लेखेका हुन् । मेरो चरित्र हत्या भएको छ’ धामीले भने । यस घटनामा ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुखको नाम पनि मुछिएको प्रति आपत्ति जनाइएको छ ।

तर, पूर्व मेयर धामीले प्रहरीसँग आफ्नो कुनै मिलेमतो नरहेको स्पष्ट पार्नुभयो । पूर्व मेयर धामीले आफ्नो चरित्र हत्या हुने गरी कुप्रचार गर्नको खोजेको बताउनु भएको छ । यता ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख एवं प्रहरी निरीक्षक मानसिंह ऐरीले पनि उक्त कुटपिटको घटनामा पूर्व मेयरको कुनै संलग्नता नरहेको बताउनुभयो । गौराका दिन दुई युवाहरुको समूहबीच कुटिपिट भएको भनाई प्रहरीको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय