दार्चुला । एक पुरुषले झुण्डिएर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्वर २ भगवती ठिङका ३० वार्षिय नरेन्द्र सिह धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

महाकाली नगरपालिका वडा नम्वर ४ विद्यानगर टोल तल्ला सैनमा आफ्नै बस्ने कोठामा झुण्डिएकाे अवस्थामा धामी आइतबार मृत फेला परेकाे  प्रहरीले जनाएको छ ।

भाडामा बस्ने धामी आईतबार १:४५ बजे झुण्डिएकाे अवस्थामा मृत फेला परेका थिए । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट इन्सपेक्टर ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।
मृतक पुरुषको घरमा श्रीमति एक छोरा र एक छोरी रहेको बताइएको छ ।

आत्महत्याको कारण भने खुल्न सकेको छैन । प्रारम्भीक अनुसन्धानबाट श्रीमती माइत गएको बेला उनले कोठामा झुण्डिएर आत्महत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय