काठमाडौं – फोहोर व्यवस्थापनको सवालमा दार्चुलाको गोकुलेश्वरको नेतृत्व निरीह सावित भएको छ । मुख्य बजारको फोहोर नउठेको दुई महिना हुँदा पनि स्थानीय जनप्रतिनिधिले बेवास्ता गरेका छन् । लामो समयसम्म स्थानीयले विरोध गर्दा पनि फोहोर उठाउन तर्फ कसैको ध्यान जान सकेको छैन ।

विशेष गरी स्थानीय जनप्रतिनिधिले चासो नदिएको ओरोप स्थानीयको छ । गोकुलेश्वर बजारको फोहोर दुई महिनासम्म नउठेपछि स्थानीय विरोध स्वरुप फोहोर संकलन गरेर बीच सडकमा फालेका छन् । संविधान दिसवकै दिन स्थानीयले फोहोर संकलन गरेर बीच सडकमा फालेका हुन् । यसपछि पनि जनप्रतिनिधिले बेवास्ता गरे कार्यालयमा तालाबन्दी गर्ने स्थानीय सुरेश भण्डारीले बताए ।

‘दुई महिनादेखि हामीले निरन्तर खबरदारी गरिरहेका छौं । स्थानीय सरकारले चासो दिएको छैन । अझै पनि फोहोर उठेन भने हामी नगरपालिकामा तालाबन्दी गर्न बाध्य हुने छौं’ स्थानीय भण्डारीले भने । लामो समयदेखि फोहोर व्यवस्थापन नगर्दा स्थानीय हैरान भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय