धनगढी । सुदूरपश्चिम प्रदेशको धनगढीस्थित सेती प्रादेशिक अस्पताल वर्षाका कारण जलमग्न भएको छ । गए राति भएको वर्षाका कारण अस्पतालमा पानी भरिएको छ ।

बिरामी भर्ना गरिएका कक्षहरूमा पानी भरिएको छ । अस्पताल जलमग्न हुँदा बिरामीलाई समस्या परेका छन् । अस्पतालका प्रसूति वार्ड, अप्रेसन वार्ड लगायतमा पानी भरिएको हो ।

आजको मौसम एकदमै सफा छ तर गए राति परेको बर्षाका कारण धनगढीका सरकारी कार्यलय, अस्पत्ताल देखि लिएर स्थानीयहरुको समेत जनजीवन अस्तब्यस्त छ ।

तस्बिरः अंकित कुँवर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय