दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा १ भर्तोलाबाट एक किशोरी आइतबार देखि बेपत्ता भएकी छन । गंगोत्री बोहरा नाम गरीकी १८ वर्षिया किशोरी हिजो आइतबार विहान घरबाटै वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

 

प्रहरी कार्यालय दार्चुलाका अनुसार वेपत्ता किशोरी २४ घण्टा वितिसक्दा समेत फेला पार्न नसकिए पछि उनका आफन्तहरुले आज प्रहरी कार्यालयमा खोजी गरिदिन निवेदन दिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक बलेन्द्र नाथले जानकारी दिनु भएको छ ।

 

आफन्तहरुले खोजीका लागि प्रहरीमा निवेदन दिएपछि अहिले प्रहरीले जिल्ला भित्रका सबै प्रहरी युनिट लगायत छिमेकी जिल्ला बैतडी हुदै प्रदेश राजधानी धनगढी प्रहरीलाई समेत खोजीका लागि अनुरोध पत्र पठाएको उहाँले बताउनु भयो ।

 

किशोरी घरबाट कसरी र किन भागेको बारेमा अनुसन्धान भइरहेको बताइएको छ । बेपत्ता किशोरीको खोजीकार्य तीव्ररुपमा गरिरहेको जनाउँदै हालसम्म फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । हराएकी किशोरीलाई कसैले देखेमा प्रहरीको १०० नम्बर तथा उनका आफन्तहरुलाई जानकारी गराउन समेत आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय