दार्चुला । जिल्लामा दुई जना महिला सम्पर्क बिहिन भएका छ । जिल्लाको मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाका बस्ने १÷१ जना महिलाहरु घरबाटै सम्पर्क विहिन भएका हुन ।
मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ धामालेक बस्ने वर्ष २५ कि पुष्पा लोहार असोज ३ गते घरबाट सम्पर्क विहिन भएको परिवारले जनाएको छ ।
यस्तै जिल्लाको शैल्यशिखर नगरपालिका १ बलाचबाट वर्ष २५ कै सिन्दु ओड असोज १० गते हिजो देखि सम्पर्क विहिन भएको उनको परिवारले जनाएको छ । दुबै महिलाहरुका आफन्तहरुले आज जिल्ला प्रहरी कार्यालयमा खोजीका लागि निवेदन दिएका जिप्रका दार्चुलाले जनाएको छ ।
खोजि कार्यका लागि निवेदन परेपछि प्रहरीले जिल्लाभित्रका सबै प्रहरी युनिट लगायत अन्य जिल्लाहरुमा समेत बेपत्ता महिलाहरुको हुलिया पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
