दार्चुला । जिल्लाको शैल्यशिखर नगरपालिकाकि एक बृद्ध महिलाको मृत्यु भएको छ ।

शुक्रवार बिहान नगरपालिकाको वडा ९ गाँजरी बस्ने ७० वर्षीया कलावती महरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

आफ्नै घरको सिँढीबाट लडेर बेहोस भएकी महरको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय